राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले इरानको फोर्दो, नटान्ज र इस्फहानमा रहेका परमाणु केन्द्रहरूमा बम हमला गरेको बताएका छन्।

ट्रम्पले ती हमलाहरू "निकै सफल" भएको जनाउँदै इरानको मुख्य प्रशोधनस्थल फोर्दोमा बमको "फूल पेलोड" खसालिएको समेत बताए।

इरानी सरकारी सञ्चारमाध्यमहरूले फोर्दो केन्द्रको एक भाग "शत्रुको आक्रमणमा परेको" जनाएको छ।

बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजका अनुसार अमेरिकाले शनिवार इरानलाई "कूटनीतिक रूपमा" सम्पर्क गर्दै ती हमला मात्र उसको योजनामा रहेको र "शासनसत्ता परिवर्तनको प्रयासको योजनामा नरहेको" जनाएको थियो।

ट्रम्पले आफ्नो सोसल मिडिया 'ट्रुथ सोसल'मा लेख्दै आफ्ना सबै विमानहरू इरानको हवाई क्षेत्र बाहिर आइसकेको र अमेरिका फर्कँदै गरेको जनाएका छन्।

(बीबीसीबाट)

e556ad47-a251-4463-a7fc-056601c642f7