सिरहा, ७ असार। धरानमा सम्पन्न ‘तेस्रो वि.पी. मेमोरियल महिला राष्ट्रिय कराते प्रतियोगिता २०८२’ मा गोलबजार नगरपालिका टिम च्याम्पियन भएको छ। धरान उपमहानगरपालिकाको संयोजकत्व तथा नेपाल सितोरियो कराते संघ धरानको आयोजनामा शनिवार सम्पन्न प्रतियोगितामा ३ स्वर्ण पदक, ४ कास्य पदक जित्दै गोलबजार टिम प्रथम भएको हो।
गोलबजारको तर्फबाट पोर्सिया चौधरी थारु, बिनिशा गुरुङ र मोनालिका कुमारीले स्वर्ण पदक हात पारेको आयोजकले जनाएको छ।
त्यसैगरी, परिना शाही ठकुरी, सोनियाँ बानियाँ, सपना पासवान र रबिना परियारले कास्य पदक जितेका थिए।
प्रतियागितामा आयोजक धरान उपमहानगरपालिका दोस्रो भएको छ। २ स्वर्ण, ४ रजत पदक हातपादै धरान दोस्रो भएको आयोजकले जनाएको छ।
एक स्वर्ण पदक र २ रजत पदक हात पार्दै धनकुटा टिम तेस्रो भएको छ।
गोलबजारका पदक बिजेता सम्पूर्ण खेलाडीहरुलाई कोच कसमलामाले बधाई दिएका छन्।
