सिरहा, ५ असार। सिरहाको गोलबजारमा एक किशोरीले आफ्नै प्रेमी भनिएको युवकमाथि छुरा प्रहार गरेको छ। किशोरीको छुराप्रहारबाट गोलबजार नगरपालिका १३ घरभई वडा नम्वर ४ बस्ने २४ वर्षीय अशोक कुमार महतो गम्भिर घाइते भएका हुन्।
युवकको गोलबजारस्थित भुमिजा अस्पतालमा उपचार भईरहेको छ। छुरा प्रहारगरी भाग्ने क्रममा घाइते भएका किशोरीको स्थानीय लाईफ लङ्ग अस्पतालमा उपचार पछि जिल्ला प्रहरी कार्यालय सिरहा लगिएको छ।
स्थानीयका अनुसार पछिल्ला केहीदिनदेखि किशोरी युवकको कोठामा पुग्ने गरेको बताइन्छ। आज पनि किशोरी कोठामा पुगेको केही बेरपछि छुरा प्रहारको घटना भएको थियो।
किशोरीमाथि जवरजस्ती गर्न खोजेपछि उनले बचाउकोलागि छुरा प्रहार गरेको भनेपनि यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन। किशोरीले युवकको डेरामा रहेको चरकारी काट्ने चक्कु प्रहार गरेको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी बीरेन्द्र कुमार पासवानले घटना भएको बताएपनि विरणहरु आउन बाँक रहेको बताए।