एसके राय

सिरहा, ५ असार। अधुरा अवस्थामा रहेका खानेपानी योजनाहरू अब अलपत्र नरहने खानेपानी मन्त्री प्रदीप यादवले प्रतिबद्धता जनाएका छन्। सिरहाको धनगढीमाई नगरपालिका १३ अन्तर्गत डावर–नैनपुर टोलको बहुप्रतीक्षित खानेपानी आयोजना उद्घाटन गर्दै मन्त्री यादवले देशभरका अधुरा योजनाहरू सम्पन्न गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताएका हुन्।

मन्त्री यादवले अव कुने पनि बाहानामा ढिला सुस्ती गर्न, योजनाहरु अलपत्र छाड्न नपाइने बताए। उनलेभने, ‘हिजोको दिन गयो, योजनाहरू ढिला हुनुका कारण म जान्दिन। अब कुनै पनि बहाना र कारणले योजना रोकिंदैन। योजनाहरू समयमै सम्पन्न हुन्छन्। सिरहाको डावर–नैनपुर टोल योजना त्यसको उदाहरण हुन्।’

MIRCHAIYA MUN

उनले सिरहा मात्रै होइन, मधेसका अधिकांश जिल्लामा खानेपानी योजनाहरू अलपत्र रहेको भन्दै ती सबै योजनालाई पूर्णता दिने प्रतिबद्धता दोहर्याए। ‘अहिले पनि कतिपय योजनाहरू कछुवाको गतिमा छन्, धेरै योजना अधुरो र अलपत्र अवस्थामा छन्; मन्त्री यादवले भने, ‘यो देशभरको अवस्था अवस्था हो। पूर्व झापा देखि पश्चिमको कञ्चनपुरसम्मका ट्याङ्कीहरू २० वर्षदेखि अधुरा अलपत्र अवस्थामा छन्, ति सवको कामलाई अव लिकमा ल्याएर सम्पन्न गर्नु छ।’

उनले सरकारको उद्देश्य जनतालाई स्वच्छ र सुरक्षित पानी उपलब्ध गराउनु भए पनि विगतका मन्त्री र कर्मचारीको उदासीनताले योजनाहरू अधुरो रहेको आरोप लगाए। ‘अब सबै अधुरा योजनाहरु सम्पन्न गर्न बजेट सुनिश्चित भइसकेको छ। कार्यान्वयन सुरु गरिन्छ;’ मन्त्री यादवले भने।

खानेपानी उद्घान कार्यक्रममा मधेश प्रदेशका स्वास्थय तथा जनसंख्या मन्त्र शत्रुधन प्रसाद सिंह, धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतो लगायतका उपस्थिती रहेको थियो।

ङ्घीय खानेपानी र ढल व्यवस्थापन आयोजना, जनकपुरमार्फत १० करोड ९४ लाख रुपैयाँको लागतमा पाँच वर्षपछि निर्माण सम्पन्न भएको हो। यो आयोजनाले वडा नम्वर ११, १२ र १३ का एक हजारभन्दा बढी घर परिवारलाई लाभ पु¥याएको छ।

परीक्षणका रूपमा उपभोक्तालाई पानी वितरण गरिएको डावरटोल नैनपुरटोल खानेपानी र सरसफाइ उपभोक्ता समितिका अध्यक्ष सर्वण ठकुरीले जानकारी दिए। 

7de27d93-5323-45fb-a500-d097384444d2