बर्दिवास, १ असार। महोत्तरीमा किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले १४ वर्षिया किशोरीलाई बलात्कार गरेको आरोपमा  उनिहरुलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले घटनाको जानकारी आएपछि दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोतरीका प्रमुख एसपी हेरम्ब शर्माले जानकारी दिए ।

उनका अनुसार किशोरीको अभिभावकले दिएको उजुरीका अधारमा तत्कालै आरोपितहरूलाई नियन्त्रणमा लिएको र किशोरी र आरोपितको स्वास्थ्य परीक्षण गरिएको छ। प्रारम्भिक अनुसन्धान, घटनास्थलको अवस्था र स्वास्थ्य परीक्षणले बलात्कर भएको देखिएको प्रहरीको भनाई छ। अनुसन्धानबाट थप विस्तृत खुल्ने प्रहरीले बताए।