जनकपुरधाम, २७ जेठ। नेकपा एमालेका मधेश प्रदेश सांसद दिपेन्द्र ठाकुरसहित १७ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिना गरी गराई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोगअ अनुसन्धान आयोगले सांसद ठाकुरसहित १७ जनाविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले औरही गाउँपालिकामा अस्पताल निर्माणमा अनियमिता गरेको विषयमा गाउँपालिकाका तत्कालीन अध्यक्ष ब्रह्मदेव यादवसमेतको विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको पुष्टि गरे।
उनका अनुसार अस्पताल निर्माण गर्न आफ्ना मान्छेलाई ठेक्का पार्न सांसद ठाकुरले चलखेल गरेका थिए।
औरही गाउँपालिका २ देउरी परवाहामा १५ शैय्याको अस्पताल निर्माण गर्न २४ करोड ४३ लाख ५२ हजार ६५० रुपैयाको लागत अनुमान तयार गरिएको थियो। ०७८ वैशाख १७ मा बोलपत्र आह्वानको सूचना प्रकाशन भएको र बोलपत्र पेश गर्ने अन्तिम मिति जेष्ठ १६ मा आफ्ना व्यक्तिलाई ठेक्का पार्न बोलपत्र पेश गर्ने म्याद सात दिन थप गरेको तथा पुनः बोलपत्र पेश गर्ने समय जेष्ठ ३१ सम्म रहनेगरी ८ दिनको म्याद थप गरेको अख्तियारको अनुसन्धानबाट पुष्टि भएको छ।
१५ वटा बोलपत्र दर्ता भएकोमध्ये १३ बोलपत्रदाताहरुको बोलपत्रलाई प्राविधिक मुल्यांकन असफल गर्न लगाएको र प्राविधिक मुल्यांकनमा सफल लुम्बिनी÷डी। एण्ड एन।जे।भी। र समानन्तर÷बबुल जे।भी।ले दोस्रो पटक म्याद थप भएको अन्तिम समयमा जेष्ठ ३० गते बोलपत्र पेश गरे गराएको देखिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
सबै भन्दा कम १२ करोड ३५ लाख ५० हजार २४८ रुपैयाँ ८५ पैसा गर्ने बोलपत्रदाता प्रतिष्ठा÷धुलिखेल÷एक्सिस एसियन जे।भी।लाई बोलपत्रमा उल्लेख भएको के एक्टिभिटिस कारण प्राविधिक मुल्याङकनमा फेल गराई उक्त रकमभन्दा बढी रकम १९ करोड १४ लाख ६२ हजार ६३२ रुपैयाँ ८३ पैसा कवोल गर्ने लुम्बिनी÷डि. एण्ड एन.जेभीलाई छनौट गरेको अख्तियारको अनुसन्धानले पुष्टि भएको छ।
अस्पताल निर्माणको ठेक्कामा ६ करोड ७९ लाख १२ हजार ३८३ रुपैया ९८ पैसा हानिनोक्सानी भएको भन्दै अख्तियारले साँसद ठाकुर र तत्कालिन गापा अध्यक्ष यादवसहित १७ जनालाई विपक्षी बनाएको छ । उनीहरुविरुद्ध सोही बमोजिमको रकम बिदो दावि गरिएको छ।
मधेशका सत्तारुढ एमाले सबभन्दा ठूलो दल रहेको छ। एमालेका २५ साँसद छन्। भ्रष्टाचार सम्बन्धी मुद्दा परेसँगै ठाकुर साँसद पदबाट निलम्बित भएका हुन्। उनी संसदीय दलका उपनेता थिए।