सिरहा, २० जेठ। सिरहाको नरहा गाउँपालिका अन्तर्गतका आधारभुत विद्यालयमा शौचालय नहुँदा शिक्षक विद्यार्थी शौचको लागि झाडी र आलिको सहारालिन बाध्य छन्। नरहा ३ स्थित जनता आधारभुत विद्यालय खोरिया बत्राही र नरहा ५ स्थित आधारभुत विद्यालय जगदिशपुर कालाबञ्चरका शौचालय प्रयोग गर्ने अवस्थाको नहुँदा शिक्षक, विद्यार्र्थी  झाडीको सहारालिन बाध्य भएका हुन्।

paaaaaaaaaaaaaaaaani

जनता आधारभुत विद्यालय खोरिया बत्राहीको शौचालय दशकौं पहिला पुरिएर र भत्केर काम नलाग्ने अवस्थामा पुगेको छ। आफ्नै स्रोत नहुँदा र पालिकाले शौचालय निर्माणमा आवश्यक बजेट नछुट्याँदा नयाँ शौचालय निर्माण गर्न नसकिएको प्रधानाध्यापक रामकुमारी यादवले बताइन्।

उनले लामो समयदेखि विद्यालयमा आवश्यक पानी र शौचालय नहुँदा हामी शिक्षक र विद्यार्थीले सास्ती खेप्नु परेको सुनाए। उनले भने, ‘हाम्रोमा दशकौं देखि शौचालय अभाव छ। पानीको समस्या छ। धेरै हार गुहार गरेपछि गत वर्ष एउटा चापाकल जडान गरेपनि धेरै दिन चलेन। अहिले पानी नै आउन छोड्यो।’

कक्षा ३ र ४ मा अध्ययनरत छात्रा क्रमशः आँचल र ललिता यादवले पनि आफूहरुलाई शौच लाग्योभने झाडी तथा आलीको छेलपर्नुपर्ने बाध्यता रहेको दुखेसो पोखे। उनीहरुले भने, ‘यहाँ शौचालय प्रयोग गर्ने अवस्थाको छैन, पानी छैन। अनि हामी विद्यार्थीले समस्या खेप्नै पर्यो नी।’ 

प्रधानाध्यापक रामकुमारी यादव पुरुष शिक्षक र साना नानीहरुले झाडीको प्रयोग गरेपनि महिला शिक्षकहरुलाई कठीनाई हुने गरेको बताउँछिन्।  

उनले स्थानीय पालिकालाई यस विषयमा पटक–पटक दर्शायपनि कुनै वेवास्ता गरेको बताईन्। उनले भनिन्, ‘मैले आफ्नो तर्फबाट सम्वन्धित निकायमा सबै खालका प्रयास गरें, हालसम्म नयाँ शौचालय निर्माण कार्य अगाडी बढाउन सकीएको छैन।’ 

यस विषयमा जानकारी लिन गाउँ पालिका अध्यक्ष रामप्रमोद यादवसँग सम्पर्क गर्दा भेटेरै कुराकानी गर्ने बताए। पछि पटक–पटक सम्पर्कको प्रयास गरेपनि अध्यक्ष यादव सम्पर्कमा आउन चाहेनन्। 

त्यसैगरी, नरहा ५ स्थित आधारभुत विद्यालय जगदिशपुर कालाबञ्चरमा शौचालय प्रयोग गर्ने अवस्थाको छैन। विद्यालयको शौचालय प्रयोग गर्न सक्ने अवस्थाका नरहेका कारण महिला शिक्षकले छिमेकको शौचालय प्रयोग गर्नुपर्ने बाध्यता रहेको सुनाउँछन्। 

शौच जानुपर्ने अवस्था आयोभने विद्यार्थीभने उही झाडी र आलिको छेलपर्नुपर्ने बाध्यता रहेको सुनाउँछन्। 

पानी तान्ने चापा कल भएपनि महिनौं देखि विग्रिएको छ। यसको मर्मत हुन सकेको छैन। पानी नै नभएपछि शौचालय फोहर हुने नै भयो। फोहर शौचालय कसरी प्रयोग गर्ने? शिक्षकहरु नै प्रतिप्रश्न गर्छन्। 

यस विद्यालयमा ७ जना शिक्षक कर्मचारीमध्ये ३ जना महिला छन्। पाँच कक्षा सम्म पढाई हुने यस विद्यार्थीभने एक सय २५ भन्दा बढी रहेको छन्।

mount school