सिरहा, १४ जेठ। शहीद पत्रकार कृष्ण सेन ‘इच्छुक’को स्मृतिमा स्थापित  ‘सेन स्मृती पत्रकारिता पुरस्कार २०८२’ पत्रकार एवम् लेखक नरेन्द्रजंग पिटरलाई दिइने भएको छ।

शहीद पत्रकार कृष्ण सेन ‘इच्छुक’को २३ औँ स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उक्त घोषणा गरिएको हो। पिटर बामपन्थी पत्रकारसँगै लेखक र बिश्लेषक पनि हुन्।

mount school

उनले १० वर्षे जनयुद्ध कालमा नेपालका विकट, तथा दुर्गम क्षेत्रमा पुगेर नागरिकका विचमा माओवादी बिचार र आन्दोलनलाई बिचारमार्फत महत्वपुर्ण योगदान पुर्याएका थिए। 

यस्तै  ‘बेपत्ता योद्धा स्मृति पत्रकारिता पुरस्कार २०८२’ पत्रकार रुवी श्रेष्ठलाई दिइने भएको छ। प्रेस सेन्टर नेपालका निवर्तमान उपाध्यक्ष समेत रहेकी श्रेष्ठ रेडियो नेपालमा लामो समयदेखि कार्यरत छन्। उनीसँग जनयुद्धको बेलामा युद्ध रेडियो पत्रकारका रुपमा काम गरेको अनुभव छ। यस पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ।

यस्तै दिवंगत पत्रकार शक्ति लम्साल र तारा न्यौपानेको स्मृतिमा स्थापित ‘शक्ति तारा स्मृति पत्रकारिता पुरस्कार २०८२’ सिरहाका पत्रकार मणी विश्वकर्मालाई दिइने भएको छ। सिराह नयाँ पत्रीकाका सम्बाददाता रहेका विश्वकर्मा लामो समयदेखि पत्रकारितामा सत्रिय छन्। उनी प्रेस सेन्टर नेपालका निवर्तमान केन्द्रीय सदस्य समेत हुन्। यस पुरस्कारको राशी पनि २५ हजार रुपैयाँ रहेको छ।

आगामी माघ १५ गतेका दिन प्रेस सेन्टर नेपाल स्थापना दिवसको अवसरमा उक्त पुरस्कार दिइने संगठनका अध्यक्ष कमल गिरीले जानकारी दिए। उनका अनुसार सेन्टर हरेक वर्ष स्मृति दिवसका अवसरमा उक्त पुरस्कार घोषणा गरेर स्थापना दिवसका अवसरमा वितरण गर्दै आएको छ।