सिरहा, १३ जेठ। प्रेस सेन्टर नेपाल सिरहा शाखाद्धारा प्रगतिशील लेखक, साहित्यकार तथा पत्रकार कृष्ण सेन ‘इच्छुक’को २३औँ स्मृति दिवसको अवसरमा लहानमा आयोजित दीप पज्वलन कार्याक्रमा बोल्ने वक्ताहरुले निरङकुशता र स्वच्छाचारिताको विरुद्ध निरन्तर कलम चलाउनु स्व.कृष्ण सेन इच्छुकप्रतिको सच्चा श्रद्धाञ्जली हुने विचार व्यक्त गरेका छन्। 

mount school

कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै वरिष्ठ पत्रकार तथा प्रेस सेन्टर नेपालका नेता मणिलाल विश्वकर्माले स्व. पत्रकार ‘इच्छुक’को योगदानको चर्चा गर्दै उनले देखाएको बाटोमा निरन्तर अगाडी बढीरहनुपर्ने अहिलेको आवश्यकता रहेको बताए। उनले भने, ‘महान शहिद कृष्ण सेन इच्छुक जनपक्षिय पत्रकारिताका एक धरोहर हुनुहुन्थ्यो। सबैखालका निरङ्कुशता र स्वच्छचारिताका विरुद्ध निर्भिकताका साथ उहाँँले निरन्तर आवाज उठाइरहनुभयो। उहाँका प्रगतिशीत विचार र आश्था हामी सबैकालागि मार्गदर्शक हुन्।’

सोही क्रममा प्रेस सेन्टर नेपाल मधेश प्रदेशका महासचिव जिवछ यादव ‘उदासी’ले पत्रकारिताको क्षेत्रमा जटिलता बढेको भन्दै गणतन्त्र र सङ्घीयताको पक्षमा कलम चलाउने स्व. कृष्ण सेन ‘इच्छुक’को स्मरण गर्दै नेपाली जनताले लामो संर्घष गरेर ल्याएको गणतन्त्र र संघीयताको सुदृढीकरणका लागि पत्रकारहरुले कलम चलाउनुपर्ने भन्दै सम्पूण वामपन्थी तथा प्रगतिशील विचार बोक्नेहरुले समाजवादी व्यवस्थातर्फ अगाडी बढ्नुपर्ने धारणा व्यक्त गरे। गणतन्त्र ल्याउन ठुलो योगदान गर्ने साहित्यकार तथा पत्रकार इच्छुकको सपना भुल्नुनहुने उनको भनाई थियो। 

त्यसैगरि, कार्यक्रममा नेपाल प्रेस चौतारी नेपालका सिरहा अध्यक्ष शिव कुमार साहले स्व. इच्छुकले आफ्नो जीवनकालमा जनपक्षिय पत्रकारिताको क्षेत्रमा पु¥याउनुभएको योगदानको उच्च प्रशंसा गर्दै सम्पूण पत्रकारहरुले उनले देखाएको मार्गमा अविचलित भई आवज विहिनहरुको आवाजलाई बोकेर निरन्तर लाग्नुपर्ने आवश्यक्ता औँल्याए। अहिले वर्तमान अवस्थामा गणतन्त्र र संघीयताविरोधी गतिविधि भइरहेकाले त्यसको रक्षा गर्न प्रगतिशील पत्रकारहरू एक हुनुपर्ने उनले धारणा राखे। 

 त्यस्तै अर्का वक्ता नेपाल पत्रकार महासंघ सिरहाका उपाध्यक्ष रोयन्टर मण्डलले पत्रकारहरुको कलम  गणतन्त्र र संघीयताको पक्षमा चल्नुपर्ने बताए। उनले अहिलेको पत्रकारिता नेतामुखी, ठेकेदारमुखी, मालिकमुखी हुँदै गएकोमा दुःख व्यक्त गर्दै पत्रकारितालाई कृष्णसेनले देखाएको बाटोको स्मरण गर्दै यसलाई जनतामुखी बनाउने वेला आएको धारणा व्यक्त गरे।  

कार्यक्रम प्रेस सेन्टर सिरहाका सचिव सुदिप राउतले सञ्चालन गरेको कार्यक्रमको समापन भने प्रेस सेन्टर सिरहाका अध्यक्ष रामभरोसी यादवले गरे। 

कार्यक्रममा जिल्लामा क्रियाशिल रहेका पत्रकारहरुका पेशागत विभिन्न संगठनका नेतृत्व र श्रमजीवि पत्रकारहरुको उपस्थिति रहेको थियो। २०५९ सालमा तत्कालिन राज्यबाट विद्रोही नेकपा माओवादीको आरोपमा पक्राउ गरी हत्या गरिएका पत्रकार कृष्ण सेन ‘इच्छुक’को सम्झना प्रेस सेन्टर नेपालले देशभर विभिन्न कार्यक्रम गरी मनाएको छ।