सिरहा, ११ जेठ। सिरहाको गोलबजार ४ रामप्रताप रामप्रसाद तामाङ जनता बहुमुखि क्याम्पसका विद्यार्थीहरुले मुख्य गेटमै तालाबन्दी गरेका छन्। क्याम्पस प्रमुख किशोर कुमार साहको राजिनामा माँग गर्दै विद्यार्थीहरुल तालाबन्दी गरेका हुन्।
तालाबन्दी गर्नु अघि विद्यार्थीहरुले क्याम्पस प्रमुख साहविरुद्ध नाराबाजी गर्दै निकालेको जुलुसले बजार परिक्रमा गरेका थिए। उनीहरुले भ्रष्टाचार, फर्जि क्याम्पस प्रमुख नियुक्ति, कोषको दुरुपयोग र प्रशासनिक दुव्र्यवहारजस्ता कार्यमा संलग्न भएको आरोप लगाउँदै क्याम्पस प्रमुख साहको राजीनामा माँग सहित २४ घण्टे अल्टी मेटम दिएका थिए।
क्यापस सञ्चालक समिति र प्रशासनले विद्यार्थीको माँगप्रति वेवास्ता गरेको भन्दै क्याम्पसको मुल गेट र क्याम्पस प्रमुखको कार्यालयमा ताला लगाएको हो।
विद्यार्थीले कुनै पनि शिक्षक समयमा उपस्थित नहुने, प्रत्यक दिन कुनै न कुनै घन्टी खाली रहने र विद्यार्थीसँग चर्को शुल्क लिएपनि त्यस अनुसारको सुविधा उपलब्ध नभएको बताए। उनीहरुले प्रत्यक दिन पढाई प्रभावित हुने, पुस्तकालयको व्यवस्थापन राम्रो व्यस्था नहुनु क्याम्पसको विडम्वना भएको बताए।
विद्यार्थीहरुले बुझाएको ज्ञापनपत्र अनुसार माँगहरू पूरा नभए आफूहरु सडकमा उत्रन बाध्य हुने चेतावनी दिएका छन्। उनीहरुले सडकमा हुने सवैखालका परीणामको जिम्मेवारी क्याम्पस प्रशासनले लिनुपर्ने बताए।
विद्यार्थीहरुले जेठ १० शुक्रवार ज्ञापन पत्र क्याम्पस प्रमुख शाहलाई बुझाइएका थिए। क्याम्पस प्रमुखले विद्यार्थीसँग गरेको सम्झौता अनुसार बैठक नबसाएकाले आज क्याम्पसमा तालाबन्दी गर्न बाध्य भएको बताए।
उनीहरुले पुस्तकालयको उचित व्यवस्थापन हुनु पर्ने, क्याम्पसमा परीक्षा केन्द्र पुनः स्थापना हुनुपर्ने माँग गर्दै आएका छन्।