सिरहा, ९ जेठ। एकीकृत अखिल नेपाल शिक्षक संगठनले जनता माध्यमिक विद्यालय (प्राविधिक) गोलबजार ४ का प्रधानाध्यापक भरतप्रसाद साहमाथि ठाडो आदेशको भरमा लामो समयसम्म जिम्मेवारीबाट हटाएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। पालिकाले एकपक्षीय र पूर्वाग्रही ढङ्गले जिम्मेवारीबाट पदमुक्त गराई लामो समयसम्म नगरपालिकाको कार्यालयमा हाजिरी गराएको प्रति संगठनले खेद प्रकट गरेको हो।
एकीकृत अखिल नेपाल शिक्षक संगठन गोलबजार नगर समितिले आज शुक्रवार जारी गरेको प्रस विज्ञप्तीमा ‘प्रशासनिक तथा कानुनी प्रकृया नअपनाई शिक्षकमाथि ठाडो आदेश जारी गर्नु शिक्षा क्षेत्रको मर्यादा, शिक्षकको गरिमा तथा निष्पक्षताको मर्मविपरीत कार्य भन्ने हाम्रो ठहर छ। त्यसमाथि समान प्रकृतिका मुद्दामा यसै पालिकाका अन्य प्रधानाध्यापकमाथि कुनै कारबाही नगरिएको पाइँदा उक्त निर्णयको निष्पक्षतामा र समान व्यवहारप्रति गम्भिीर प्रश्न उठेको छ;’ उल्लेख गरेको छ।
जनता माध्यमिक विद्यालय (प्राविधिक) गोलबजार ४ का प्रधानाध्यापक भरतप्रसाद साहलाई विद्यालयमा कार्यरत शिक्षक कामविशेष विदेशले गएको समयको तलव भत्ता निकासा गरेर हिनामिना गरेको आरोप लागेको छ। यस्तै प्रकृतका घटना जनता माध्यमिक विद्यालय, गोलबजार ८ चन्द्रलालपुर चोहर्वामा पनि भएको छ। त्यस विद्यालयका बाल विकासका सहयोगी कार्यकर्ता कामविशेषले अमेरीका गएको समयको पनि तलव निकाशा भएको छ। तर, यस विद्यालयका प्रधानाध्यपक ब्रम्हदेव प्रसाद सिंहलेभने उन्मुक्ति पाएको छ।
त्यसैगरी, जनता माध्यमिक विद्यालय, गोलबजार १२ महनौर बेतौनामा बरिष्ठ माध्यमिक तहका शिक्षकहरुले प्रधानाध्यापक पदमा नरहने प्रतिबद्धता जनाई सकेपछि मा.वि. तृतीय श्रेणीका शिक्षक राम किशुन महतोलाई विद्यालय व्यवस्थापन समितिले प्रअको जिम्मेवारी दिएको छ। सोको निर्णय प्रतिलिपी शिक्षा, युवा तथा खेलकुद शाखा, गोलबजारमा पेश गर्दा पनि विद्यालयलेको खाता संचालन गर्न ढिलासुस्ती गरेको भन्दै शिक्षक संगठनको गम्भिर ध्यानाकर्षण भएको छ।
संगठनले यस प्रकारको विभेदपूर्ण र अनुचित व्यवहारको घोर भत्र्सना र यस विषयमा यथासिघ्र निष्पक्ष छानबिन गरी सम्बन्धित शिक्षकहरुलाई यथोचित न्याय दिनुपर्ने माँग गरेको छ। अन्यथा संघर्षमा जाने चेतावनीसमेत दिएका छन्।