ज्ञान राय
सिरहा,९ जेठ। रामप्रताप रामप्रसाद जनता बहुमुखि क्याम्पस गोलबजारका प्रमुख किशोर कुमार साहको तत्काल राजिनामाको माँग गर्दै यहाँ अध्यनरत विद्यार्थीले २४ घण्टे अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाएको छ। चरम भ्रष्टाचार, फर्जि क्याम्पस प्रमुख नियुक्ति, कोषको दुरुपयोग र प्रशासनिक दुव्र्यवहारका धेरै कार्यमा संलग्न भएको आरोप लगाउँदै विद्यार्थीहरुले सात सुत्रीय माँगराखी तत्काल क्याम्पस प्रमुख साहको राजीनामा माँगगर्दै ज्ञापनपत्र बुझाएको हो।
‘विद्यार्थीले पटक–पटक गरेको विरोध, प्रमाणसहितको नियमित रुपमा विभिन्न सञ्चार माध्यममा क्याम्पस प्रमुख सहले गरेको भ्रष्टाचार र प्रशासनिक दुव्र्यवहार, फिर्जि क्याम्पस प्रमुख नियुक्त, संस्थागत कोषको दुरुपयोग र खरिद प्रकृयामा हेरफेर र व्यक्तिगत लाभको लागि शक्तिको दुरुपयोग गरेको’, ज्ञापन पत्रमा उल्लेख गरेका छन्।
ज्ञापन पत्रमा ‘समाधानका लागि हामीले बारम्बार अनुरोध गरेपनि क्याम्पस प्रमुख र समितिको अध्यक्ष तथा सदस्यहरुको मौन बसेका छन्। जसले प्राध्यापक, विद्यार्थी, समुदाय र सम्बन्धित सरोकारबाला सदस्य र कर्मचारी निराश भएका छन्। यस प्रति समितिको तत्काल ध्यान जानु पर्ने अवस्था रहेको छ।’ लेखिएको छ।
विद्यार्थीसँग गरेको सम्झौता अनुसार क्यूएएमा क्याम्पसलाई २ महिनाभित्र लानु पर्ने, क्याम्पस प्रमुख साहको कार्यकाल सम्पाप्त भएको २७ महिना भईसक्दा पनि प्रमुखले राजिनामा नदिएर क्याम्पसलाई अस्तव्यस्त बनाएकाले २४ घण्टाभित्र राजिनामा दिनुपर्ने, क्याम्पस प्रमुख सहले गरेको आर्थिक अनियमितताको विस्तृत अनुसन्धान गर्न उहाँलाई तत्काल निलम्बन गरी लेखापरीक्षक, विद्यार्थी, प्रध्यापक, क्याम्पस समिति र विज्ञसहितको निपक्ष समिति गठन गरी अनुसन्धान गरीनु पर्ने विद्यार्थीले माँग गरेका छन्।
उनीहरुले पुस्तकालयको उचित व्यवस्थापन हुनु पर्ने, क्याम्पसमा परीक्षा केन्द्र पुनः स्थापना हुनु पर्ने, कोर्ष बाँकी भएकोले यस पालिको गर्मिविदा तत्काल नदिन स्थगित गर्नु पर्ने, क्याम्पस प्रमुखले तत्काल राजिनामा नदिएसम्म र विस्तृत अनुसन्धान सुरु नगरेसम्म हामी क्याम्पसमा अनिश्चित कालकालागि तालाबन्दि गर्ने जनाएको छ।
ज्ञापनपत्रमा विद्यार्यथिले लेखेका छन्, ‘हाम्रो माँग सरल छ, जवाफदेहिता, पारदर्शिता र न्याय।’
क्याम्पस प्रमुख साहको आर्थिक तथा राजनीतिक प्रभावका कारण क्याम्पस प्रमुख साहले लुटको सामराज्य मच्चाएपनि समिति मौन बस्ने गरेको आरोप स्थानीयले लगाउँदै आएको छ। समितिमा पूर्वमन्त्री तथा प्रतिनिधीसभा सदस्य लिलानाथ श्रेष्ठ, प्रदेश सदस्य मनोज कुमार सिंह, गोलबजार नगरपालिकाका प्रमुख श्यामकुमार श्रेष्ठ लगायतका कानुन निर्माताहरुसमेत क्याम्पस प्रमुखको प्रभावमा परेको आरोप लाग्ने गरेको छ।