जनकपुरधाम, ८ जेठ। मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको सिफारिसमा बिहिबार मधेश प्रदेशको मन्त्रिपरिषदको पुनर्गठन गर्नु भएको छ। प्रदेश प्रमुख भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम पुनर्गठन गर्नुभएको हो। 

maont school 04

मधेश प्रदेश सरकारमा सहभागी जनमत पार्टीका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिलअलि मियाँ र वन तथा वातावरण मन्त्री त्रिभुवन साहलाई जनमत पार्टीले फिर्ता बोलाएपछि उजिहरुको स्थानमा  बसन्त कुमार कुशवाहा र संजय कुमार यादव  नियुक्त हुनुभएको हो। 

नव नियुक्त उद्योग वाणिज्य तथा पर्यटन मन्त्री बसन्त कुमार कुशवाहा र वन तथा वातावरण मन्त्री संजय कुमार यादवलाई आजै एक कार्यक्रम विच प्रदेश प्रमुखको कार्यालयमा मधेश प्रदेशका प्रदेश प्रमुख भण्डारीले पद तथा गोपनीयताको शपथ गराएको हो।

शपथ ग्रहणपछि नवनियुक्त मन्त्रीद्वयलाई मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल सहितकाले बधाई दिए।