सिरहा, ४ जेठ। डिभिजन वन कार्यालय लहान, सिरहाले अवैध रूपमा ढुवानी गरिएको काठसहित एक ट्याक्र नियन्त्रणमा लिएको छ। गोलबजार नगरपालिका १ भुल्केबाट करिब २५ वटा गमहाइर प्रजातीका गोलिया काठ सहित ट्रयाक्टर नियन्त्रणमा लिइएको हो।
इलाका प्रहरी कार्यालय गोलबजारबाट नियमित गस्तीमा खटिएको टोलीलाई देखेपछि ट्याक्र चालक गाडी छाडेर फरार भएका थिए। घटनापछि प्रहरीको समन्वयमा ट्याक्टर र काठ डिभिजन वन कार्यालय चोहर्वाको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर गोबिन्द प्रसाद साहले जानकारी दिए।
हाल ट्रयाक्टर र काठ कसको हो भन्ने खुल्न बाँकी रहेको र अनुसन्धान भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ।