काठमाडौं, १ जेठ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकजना इन्जिनियरलाई सेवाग्राहीबाट करिव छ लाख रुपियाँ घुस लिएको अभियोगमा नियन्त्रणमा लिएको छ।

सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय, ओखलढुङ्गामा कार्यरत इन्जिनियर सन्तोष कुमार यादवलाई आयोगको टंगालबाट खटिई गएको टोलीले भक्तपुर जिल्लाको मध्यपुर ठिमी नगरपालिका १ लोकन्थलीबाट बिहीबार नियन्त्रणमा लिएको हो। 

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, यादवले खोटाङ जिल्लामा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गर्ने प्रयोजनार्थ घुस, रिसवत माग गरिरहेको भन्ने सूचना एवम् उजुरी निवेदनका आधारमा इन्जिनियर सन्तोष कुमार यादवलाई सेवाग्राहीबाट पाँच लाख ७० हजार रुपियाँ घुस, रिसवत लिइसकेको अवस्थामा टोलीले नियन्त्रणमा लिएको हो।

2f6ee6f7-a21d-4306-a6c4-f07530fe69ba