काठमाडौं, १ जेठ। अनर ब्राण्डका दुई नयाँ फाइभजी स्मार्टफोन अनर ४०० र अनर ४०० प्रो आगामी मे २२ मा औपचारिक रूपमा सार्वजनिक हुँदैछन्। कम्पनीले यी स्मार्टफोन सार्वजनिक हुनुअघि नै आफ्नो वेबसाइटमा लिस्टिङ गर्दै केही विवरण खुलाएको छ।
अनर ४०० प्रो मा १/१.४ इन्चको सेन्सरसहित २०० मेगापिक्सेलको मुख्य क्यामेरा दिइएको छ। यसमा ५० मेगापिक्सेल टेलिफोटो क्यामेरा (थ्री एक्स गुणा अप्टिकल जुम र ओआईएस सहित) र १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा (११२ डिग्री फिल्ड अफ भ्यू) समेत छ। सेल्फीका लागि ५० मेगापिक्सेल क्यामेरा दिइएको छ।
यस फोनमा ५,००० निट्ससम्मको पिक ब्राइटनेस, १२८०x२८०० रेजोलुसन, १२० हर्ज रिफ्रेस रेट र मिनिमम १.५ निट ब्राइटनेससहितको स्क्रिन छ। त्यस्तै स्न्यापड्रागन ८ जेन थ्री चिपसेट, १२ जीबी र्याम र ५१२ जीबी स्टोरेज दिइएको छ। ६,००० एमएएच ब्याट्री भएको फोनमा १०० वाट वायर्ड चार्जिङ र ५० वाट वायरलेस चार्जिङ सपोर्ट छ।
फोनले आईपी ६८ र आईपी ६९ रेटिङ पाएको छ। यसमा एनएफसी, डुअल स्पिकर, आईआर ब्लास्टर जस्ता सुविधा पाउन सकिन्छ। फोनको तौल २०५ ग्राम र मोटाइ ८.१ मिलिमिटर छ। यो मिडनाइट ब्ल्याक, लुनार ग्रे र टाइडल ब्लु कलरमा उपलब्ध हुनेछ।
अर्कोतर्फ अनर ४०० पनि प्रो मोडेलकै जस्तो क्यामेरा सेटअप छ। तर यसमा टेलिफोटो क्यामेरा छैन। स्न्यापड्रागन सेभेन जेन थ्री चिपसेटमा चल्ने फोनमा १२ जीबी र्याम र ५१२ जीबी स्टोरेज रहेको छ। स्क्रिनको अधिकतम ब्राइटनेस प्रो मोडेलकै समान छ, तर रेजोलुसन अलिकति फरक (१२६४x२७३६) छ।
अनर ४०० मा पनि ६,००० एमएएच ब्याट्री छ। तर यसमा ८० वाट वायर्ड चार्जिङ मात्र दिइएको छ। यसको तौल १८४ ग्राम र मोटाइ ७।३ मिलिमिटर छ। ब्ल्याक, गोल्ड र सिल्भर कलरमा उपलब्ध हुने यो मोडेल आईपी६६ रेटिङसहित आउनेछ, जसमा कम्पनीले फाइभ(स्टार ड्रप रेसिस्टेन्स पनि राखेको छ।
( BY- teachpana)