बारा, ३१ बैसाख। बाराकी एक चेलीलाई भारतको राजधानी दिल्ली स्थित बेश्यालय पुर्याउन खोजेका एकजना युवक भारतीय सीमा सुरक्षा बल एसएसबीको फन्दामा परेका छन्।

santi nikunja 2082

रौतहट संग सिमाना जोडिएको भारत बिहार मोतीहारी जिल्ला झरौखर थाना क्षेत्र अन्तर्गत जमुनिया स्थित एसएसबी क्याम्पको टोलीले मंगलबार राती उनीहरुलाई पक्राउ गरेको हो। 

युवकले मानव तस्कारीको उदेश्यले एक युवती लिएर आउँदै गरेको सूचनाको आधारमा नेपाल भारत सीमाक्षेत्र पिल्लर संख्या ४५५६÷२ नजिकै मोटरसाईकलमा जाँदै गरेको अवस्थामा ति युवकलाई युवतीसँगै पक्राउ गरेको एसएसबीले जनाएको छ। पक्राउ पर्नेमा बारा जिल्ला सिम्रौनगढ नगरपालिका १० देवापुर टेन्टाका करिव २५ वर्षिय सुरज गुप्ता रहेको एसएसबी क्याम्प जमुनियाका कम्पनी कमाण्डर राजनन्दन कुमारले जानकारी दिए।

सिम्रौनगढ नगरपालिका अमृतगन्ज घर भएकी पासवान थरकी २० बर्षिया विवाहीत युवतीलाई भगाई लागिरहेका गुप्ताले पटक पटक ब्यान फेरी रहेका थिए। उनलाई कडाईका साथ सोधबुझ गर्दा पासवान युवतीलाई दिल्ली स्थित उसको सानीआमाले सञ्चालन गरेको यौन व्यवसायमा लगाउने उद्देश्यले  लागिरहेको स्वीकारेको एसएसबी  कमान्डर कुमारले बताएका छन्।

विआर ०१ विए ३४२१ नम्बरको उक्त मोटरसाईकल आफन्तको घरमा राखेर घोडासहनबाट ट्रेन चढेर युवतीलाई लिएर दिल्ली जाने उनीहरूको योजना रहेको कमान्डर कुमार ले जानकारी दिएका छन्। उनीहरूको साथबाट एकथान मोटरसाईकल, केटीको ब्यागबाट ५० हजार नेपाली रुपैयाँ र केटाको पाकेटबाट १२ हजार नेपाली रुपैयाँ बरामद भएको उनले जानकारी दिएका छन्।