रामनारायण ठाकुर

मिर्चैया, ३० बैशाख। सिरहाको मिर्चैयामा टिफरको ठक्करबाट एक जेष्ठ नागरिकको ज्यान गएको छ। मिर्चैया कटारी सडक अन्तर्गत मिर्चैया नगरपालिका ७ मा चुनढुङ्गा बोकेको बा. प्र– ०१–००४ क २९५३ नम्वरको टिफरले टक्करदिदाँ स्थानीय ७० वर्षिय महेन्द्र महराको मंगलबार विहान घटनास्थलमै ज्यान गएको हो। 

phulbariya 1

घरनजीकै रहेको मन्दिरमा पूजा गरेर फर्कने क्रममा अत्यधिक गतिमा रहेको टिफरले महरालाई ठक्करदिंदा घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष राम दयाल ठाकुरले जानकारी दिए। उनका अनुसार भारक्षमताभन्दा बढी चुनढुङ्गा बोकेर अध्यतिक गतिमा टिफर कुदायकोले दुर्घटना भएको हो। 

maont school 04

भारक्षमताभन्दा बढी बोकेको र अत्यधिक गति भएकै कारण टिफरसमेत घटनास्थलमै पल्टेको अध्यक्ष ठाकुरले बताए। दुर्घटनाग्रस्त टिफरका चालक भने फरार भएका छन्। शव घटनास्थलमै रहेको छ। 

इलाका प्रहरी कार्यालय मिर्चैयाले फरार भएको चालकको खोजतलास गरिरहेको जनाएको छ। घटनाबारे थप अनुसन्धान जानरी रहेको प्रहरीको भनाई छ। 

मारुति र शौर्य सिमेन्ट उद्योगको चुनढुङ्गा बोक्ने टिफर आतङ्का कारण स्थानीयले वैकल्पिक बाटोको प्रयोग गर्न माँग गर्दै अहिले सडकमै टायर बालेर प्रदर्शन गरिरहेका छन्। मारुती सिमेन्ट उद्योग र शौर्य सिमेन्ट उद्योगले यहि बाटो गरेर चुनढुङ्गा ओसार्ने गरिरहेका छन्। 

स्थानीयले बैकल्पिक बाटो प्रयोग गर्न पटक पटक आन्दोलन गर्दै आएपन उद्योगले अटेर गर्दै आएको वडा अध्यक्ष ठाकुरले बताए। उनले भने, ‘पटक पटक बार्ता र छलफलमा बैकल्पिक बाटो बनाउने सहमति हुन्छ। बटो नबन्दा सम्म गाउँ क्षेत्रमा विस्तारै टिफर चलाउने सहमति पनि हुन्छ। तर, कार्यान्वन हुँदैन।’

चुनढुङ्गा बोक्ने फिलरका कारण यस सडकमा अत्यधिक दुर्घटना र धनजनको क्षति हुने गरेको छ।