खोटाङ, २८ बैशाख। आफ्नै श्रीमान्का हत्या अभियोगमा खोटाङ प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। हलेसी तुवाचुङ नगरपालिका ९ माथिल्लो चिचिङ्गा ५१ वर्षीय पाँचकर्ण राईको हत्या गरेको अभियोगमा उनकै श्रीमती ५३ वर्षीया रेनुका राईलाई प्रहरीले पक्राउ गरेको हो।
विवादको क्रममा रेनुकाले कोदालोको पासो प्रहार गर्दा पाँचकर्ण गम्भीर घाइते भएको थियो । गम्भीर घाइते पाँचकर्णको अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्युको खवर पाउनसाथ प्रहरी चौकी अर्खौलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।