रामनारायण ठाकुर

सिरहा, २८ बैशाख।  सिरहाको मिर्चैया नगरपालिका ५  थानाचोकमा तीव्र गतिमा आएको ट्याक्टर अनियन्त्रित चार वटा मोटरसाइकलमा ठोकिएको छ। अत्यधिक गतिमारहेको ज १ त ३५२३ नम्बरको ट्याक्टरले मिर्चैया नगरपालिका ५ मा रहेको पूजा हेयर कटिङ सैलुन अगाडि पार्किङ गरी राखिएको स ५ प ७३६४, स ७ प ४६८, म.प्र.०१–००४ प ४०८७ र स ३ प ७३०६ नम्बरका चार वटा मोटरसाइकलमा क्षति पुगेको छ।

santi nikunja 2082

ट्याक्टर चारवटा मोटरसाइकललाई ठक्कर दिँदै सैलुनको अगाडी रहेको  पिलरमा ठोक्किएर रोकिउको हो।

उक्त मोटरसाइकलमध्ये एक सैलुनमा कपाल काटाउन आएका ग्राहकको भएको बताइएको छ।

दुर्घटनामा मानवीय क्षति भने नभएको मिर्चैया इलाका प्रहरी कार्यालयले जनाएको छ। ठक्करबा कारण ट्याक्टरको अगाडिको इन्जिनसमेत बाङ्गिएको छ।

प्रहरीका अनुसार ट्याक्टरका चालक कल्याणपुर नगरपालिका ८ मझौँका करिव ३५ वर्षीय उद्गार मोचिलाई नियन्त्रणमा लिइएको छ। हाल उनको अवस्था सामान्य रहेको जनाइएको छ।

ट्याक्टर उदयपुर जिल्लाको कटारी नगरपालिका निवासी जितेन्द्र शाहको नाममा दर्ता रहेको छ।

इलाका प्रहरी कार्यालय मिर्चैयाले घटनाको थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।