सिरहा, २६ बैशाख। सिरहाको गोलबजार नगरपालिका ७ चोहर्वास्थित निजी विद्यालय एपेक्स विद्या मन्दिरमा अध्यनरत एक विद्यार्थीलाई शिक्षकले निर्घात कुटपीट गरेको छ। कक्षा ८ मा अध्यनरत नरहा गाउँपलिका ३ खोरीयाका सुरेश यादवका छोरा १३ वर्षीय छोरा अभिनाशलाई विद्यालयका शिक्षक सन्तोष गुप्ताले मरनासन्न हुनेगरी कुटपीट गरेको हो।
कक्षामा पढाईरहेका शिक्षक गुप्ताले छात्र अभिनाशलाई विनाकारण अर्को कोठामा थुनेर बाँसको लाठिले निर्घात कुटपीट गरेको अभिभावकले जनाएको छ। उनको शरिरको सम्पूर्ण भागमा चोट लागेको छ अभिनाशको अहिले गोलबजारस्थित बर्धमान अस्पतालमा उपचार भईरहेको छ। अस्पतालले अहिले प्राम्भिक चरणको उपचार भईरहेको जनाएको छ।
अभिनासका अभिभावकले कुटपीट गर्नेशिक्षक लाई कडाभन्दा कडा कार्वाही गर्नुपर्ने माँग गरेको छ।
विद्यार्थीलाई निर्घात कुटपीट गर्ने शिक्षक सन्तोष गुप्तालाई इलाका प्रहरी कार्यालयले पक्राउ गरेकोे छ। कुटपीटमा संलगन शिक्षकमाथि कानून बमोजिम कारवाही हुने प्रहरीको भनाई रहेको छ।
घटनाबारे बुझ्न विद्यालयका प्रिन्सिपल विजय महतोलाई सम्पर्क गरेपनि उनीसँग फोन सम्पर्क हुन सकेन।