कटारी, २३ बैशाख। उदयपुरको कटारी नगरपालिकामा चट्याङ लागेर बालकको मृत्यु भएको छ। चट्याङ्ग लागेर कटारी नगरपालिका ८ फूलबारीका १३ वर्षीय बालक चित्रबहादुर वलम्पाकी मगरको मृत्यु भएको हो। 

सोमबार अपरान्ह बाख्रा चराउन गएका बालक साँझसम्म घर नफर्किएको र बेलुकी खोजी गर्न जाँदा ढलिरहेको अवस्थामा फेला परेको वडाध्यक्ष नवीन तामाङले जानकारी दिए।

‘साँझ बाख्रा आए पनि छोरा नआएपछि बुबा मानबहादुर खोज्न गएका रहेछन्ु, वडाध्यक्ष तामाङले भने, ‘खोज्न जाँदा वनमै चट्याङ लागेर ढलेको अवस्थामा भेटिएछन्।’

इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी कमल बजगाईँले घटनाको थप अनुसन्धान भईरहेको जानकारी दिए।

mount school