सिरहा, २१ बैशाख। सिरहा प्रहरीले पाँच ग्रामभन्दाबढी ब्राउन सुगरसहित एक भारतीय युवकलाई नियन्त्रणमा लिएको छ। प्रहरीले सिरहा नगरपालिका १७ खयरटोकाबाट भारत विहारको मधुबनी जिल्ला कमलाकारी ग्राम पञ्चायत ६ का करिव ३५ वर्षिय धर्मेन्द्र यादवलाई पाँच ग्राम ४८० मिलिग्राम ब्राउन सुगरसहित आईतबार राती नियन्त्रणमा लिएको हो।
धमेन्द्र आफैले माडरमा सञ्चलन गरेको अजय होटल तथा मदिरा मसलमा लाग पदार्थको कारोवार भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय माडर र सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म माडरबाट खटीएकोे संयुक्त टोलिले पसलमा खान तलासी गर्दा खाली बियरको कार्टुनमा लुकाई राखेको अवस्थामा उक्त लागु पदार्थ फेला परेको जिल्ला प्रहरी कार्याय सिरहाका सूचना अधिकारी डीएसपी बीरेन्द्र कुमार पासवानले जानकारी दिए।
पक्राउ परेका यादवलाई आजै जिल्ला अदालत सिरहाबाट ६ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाए।