उदयपुर, २० बैशाख। उदयपुर प्रहरीले विभिन्न प्रकारका प्रतिवन्धित लागुऔषधसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। जिल्लाको त्रियुगा नगरपालिका १० हात्तिमारा टोलबाट अवैध लागूऔषध गाँजा करिब २ सय ५९ ग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ६२ ट्याब्लेट र कोलिवन ३ सय ७४ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २१ वर्षीय अनमोल राईलाई शुक्रबार अपरान्ह प्रहरीले नियन्त्रणमा लिएको हो।
विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित राईलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेका राई भरियामात्र रहेको स्रोतले जनाएको छ। कारोवारी भने खुल्न सकेको छैन।
प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।