वीरगञ्ज, १५ बैशाख। पर्सामा इँटा उद्योगले खनेको खनेको खाल्डोलमा डुबेर दुई बालिकाको मृत्यु भएको छ। पर्साको पर्सागढी नगरपालिका ५ बहुअर्वास्थित हीरा इँटा उद्योगले खनेको खाल्डोमा जमेको पानीमा डुवेर स्थानीय रुस्तम मियाँकी ५ वर्षीया छोरी नेहा खातुन र मुख्तार मियाँकी ५ वर्षीया छोरी अफसाना खातुनको ज्यान गएको हो।
बाख्रा चराउन गएका बेला उनिहरु दुवैर बेहोस भएका उनीहरुको उपचारको क्रममा मृत्युु भएको पर्सा प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी किशोर लम्सालले जानकारी दिए।
प्रहरीका अनुसार दुवै बालिका बिहान बाख्रा चराउन गएका थिए। खाल्डोमा डुबेर बेहोस भएका उनीहरुलाई उपचारका लागि नारायणी अस्पताल लगिए पनि उपचारका क्रममा मृत्यु भएको प्रहरी जनाए।
खाल्डोमा डुवेर मउत्यु भएको भनिएपनि प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको छ।