सिरहा, १३ बैशाख। नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवको चरित्र हत्या हुने गरी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अभिव्यक्ति प्रति असन्तुन्टी जनाउँदै नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल सिरहाले उनको पुत्ला दहन गरेका छन्। पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत शनिबार गोलबजारमा पुतला दहन गरेका हुन्। सो क्रममा केहवेर राजमार्ग अवरुद्ध भएका थिए।
राप्रपा अध्यक्ष लिङ्देनले सहमहामन्त्री यादवका छोरा गत चैत १५ गते काठमाडौंको तीनकुनेस्थित भाटभटेनी लुटपाट काण्डमा संलग्न रहेको आरोप लगाएका थिएर।
नेपाल तरुण दल सिरहाका जिल्ला सभापति अर्बिन्द मण्डलले भाटभटेनी चोरी काण्डमा नेता यादवलाई अनाहकमा जोडेर अपमानित गरेकोले लिङ्देनको अभिव्यक्तिको विरोधमा पुत्ला दहनसँगै चक्का जाम गरेको बताए। सोक्रममा नेता यादवको बदनामी गराउने कार्य बन्द गर्न चेतावनीसहित नारा लगाएका थिए।
सो क्रममा मण्डलले नेता महेन्द्र यादवले मुकेश नामक छोरा नरहेको स्पष्ट बताए। उनले भने, ‘नेता यादवका दुईभाई छोराहरु विकास यादव र आकाश यादव हुन्। दुबैजना पेसाले डाक्टर हुन्। अहिले दुवैजना छोराहरु विदेशमा रहेका छन्।’
राप्रपा अध्यक्ष लिङ्देनले नेता यादवलाई वदनामी गर्ने नियतले झूठो प्रचारबाजी गरेको मण्डले बताए।