मिर्चैया, ६ बैशाख। जनता समाजवादी पार्टी (जसपा)नेपाल मिर्चैया नगरपालिकाको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ। जसपा नेपाल मिर्चैयाको प्रथम नगर अधिबेशनबाट धिरेन्द्र साह (ललन)को अध्यक्षतामा २१ सदस्यीय नयाँ नगर कार्यसमिति चयन गरेको छ। 

समितिको उपाध्यक्षमा भागेश्वर यादव,  सुशिला देबि साह, सचिवमा जितेन्द्र कुमार महता, उप सचीवमा रामकुमार राय, राजु पासमान र कोषाध्यक्षमा मिरा देबि साह सर्वसहमतीबाट चयन भएको आयोजकले जनाएको छ।

पटीको ४ महिने अभियान अन्तर्गत ९ सदस्यीय कार्यदलले १२ वटै वडाहरुको अधिवेशन सम्पन्न पश्चात आज नगर अधिवेशन गरेको हो।  

एकताको प्रथम नगर अधिबेशनबाट कार्यदल सन्योजक बिष्णु साहको अध्यक्षतमा नगर अधिवेशन  सम्पन्न भएको हो। 

नगर अधिवेशनमा पार्टीका विभिन्न तहका नेताहरुको उपस्थिति रहेको थियो। 

SHREEJANA SCHOOL GBR6