सिरहा ९ पुस। सिरहामा ज्यान मार्ने उद्योग मुद्दामा फरार प्रतिवादी खुल्लेयाम घुमेपनि प्रहरीले पक्राउ नगरिरहेको पाइएको छ। कल्यानपुर नगरपालिका ८ मझाउका हेमनी देबी शाहले ज्यान मार्ने मुद्दा दर्ता पछि सिरहा जिल्ला अदालतले ३५ दिने पक्राउ पुर्जी जारी गरेपनि कसुरदारहरुलाई प्रहरीले पक्राउ गर्न आनाकानी गरेको हो।
आर्थिक प्रभाव र राजनितिक दवावका कारण प्रहरीले खुल्लेयाम रुपमा घुमिरहेका ज्यान मार्ने मुद्दाका प्रतिवादीहरुलाई पक्राउ गर्न सकेका छैनन्। पक्राउ पुर्जीजारी गरिएका मानिसहरु अझैपनि प्रहरीसँगै उठवस गर्ने गरेको छ। हेमनी देबी शाहले दिएको जाहेरीको आधारमा सिरहा जिल्ला अदालतले गत असोज ८ गते नै पक्राउ पुर्जी जारी गरेको थियो।
करिव ६ महिना अगाडी कल्यानपुर नगरपालिका ८ मझाउका राम भरोस साह, भोला साह लगायत पाचँजनालाई समान्य विषयमा झै झगडाहुँदा ज्यानमार्ने नियतले धारीलो हतियार प्रहार गरी घाइते बनाएको पिडित परिवारनाको आरोप छ। साहले झगडामा घाइते भएकाहरु उपचार पश्चात इलाका प्रहरी कार्यालय मिर्चैयामा कल्यानपुर नगरपालिका ८ का किशारी भन्ने राम किशोर यादब, राम कुमार यादब,डम्बर भन्ने अजय कुमार यादब, अमर कुमार यादब र दिपक कुमार यादब विरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता भएपनि उनीहरु अझै खुलेयाम हिडिरहेका छन्।
सिरहा अदालतले उनीहरुलाई पक्राउ गरी अदालतमा हाजिर गराउन निर्देशन दिएपनि प्रहरीले पक्राउ नगरेको देख्दा पीडितहरु नै त्रासमा छन्।
कल्याणपुर नगरपालिका ८ का वडा अध्यक्ष समेत रहेका किशोरी भन्ने रामकिशोर यादव विरुद्ध समेत मुद्दा परेको छ। तर, उनी अझै नियमित रुपमा वडा कार्यालय पुगेर कार्यसम्पादनमा सक्रिय छन्।
जिल्ला अदालतले पक्राउ पुर्जी जारीगर्दा समेत प्रहरी भन्ने अनभिज्ञता प्रकट गर्नुले राजनितिक दवाव र आर्थिक प्रभावकै कारण उनीहरु खुलेयाम हिडीरहेको स्थानीयहरु बताउँछन्।
वडा अध्यक्ष यादब सत्तापक्षधर पार्टी नेपाली काङग्रेसबाट निर्वाचित बनेका हुन्। राजनिति र पैसाको आडमा जघन्य अपराध गरेपनि यादव खुल्लेयाम घुमिरहेको पीडितको आरोप रहेको छ। समान्निय अदालतको आदेशलाई लत्याउदै प्रहरी कानुनको खिल्लि उडाएको स्थानिय वुद्धिजिविहरुको भनाइ छ।
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यलय सिरहाका प्रवक्तासंग जिज्ञासा राख्दा मुद्दाको विषय भएकोले शाखामा नै बुझनु भन्दै पन्छिन खोजे।






















