लहान, ९ भाद्र। खानेपानी तथा सरसफाई डिभिजन सम्पर्क कार्यालय लहानमा आगलागी हुँदा चार लाख भन्दा बढीमूल्यको सामान जलेर नष्ट भएको छ। आगलागीका कारण कार्यालयमा रहेको एस.सी., फ्याक्स मेशिन, टेलिफोन, डेक्सटप कम्प्युटर, प्रिन्टर, सी.सी.टि.भी.को एल.सी.डी, सोफासेट लगायका करिव चार लाख पचास हजार मूल्य बराबरको सामाग्री जलेर नष्ट भएको हो।
कार्यालय बन्द रहेको बेला आगोको मुस्लो निस्को कार्यालय सहयोगीले देखिपछि नजिकै रहेको लहान नगरपालिकाको बारुण यन्त्रको टोलीले आगोलाई नियन्त्रणमा लिएको कार्यालय प्रमुख अजय कुमार कर्णले जानकारी दिए। एसी मेसीनको विद्युत सर्ट भएर आगलागी भएको कार्यालयले जनाएको छ।