सिरहा, २६ वैशाख। जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रिय सदस्य अजिरमान थापा नेकपा माओवादी केन्द्र प्रवेश गरेको छ। आशन्न स्थानीय तहको निर्वाचनको पूर्वसन्यामा पार्टीको स्थाई कमिटी सदस्य तथा पूर्व मन्त्री गिरिराजमणी पोखरेलले आज उनलाई स्वागत गरेका हुन्।

सो क्रममा नेता थापा सहित दर्जनौं व्यक्ति विभिन्न पार्टी परित्यागरी माओवादी प्रवेश गरेका छन्। लामो समयदेखि वाम राजतीनिमा सक्रिय थापा केही समय अघिमात्र जनता समाजवादी पार्टी प्रवेश गरेका थिए। आज एक समारोह विच आफ्नै घर फर्केको माओवादी केन्द्रका नेता विश्वनाथ साहले बताए।

उनी पार्टी प्रवेश गरेसँगै पार्टीमा पुनः हौसला थपीएको जनाएको छ।