वीरगञ्ज, १७ चैत । पर्साको पोखरिया नगरपालिकामा दुई मोटरसाइकल आपसमा ठोक्किदा २ जनाको मृत्यु भएको छ । पोखरिया नगरपालिका ४ नहर छेउको सडक खण्डमा बिहिवार बिहान ना ३ प १०२६ नम्बरको मोटरसाइकल विपरिति दिशाबाट आउँदै गरेको प्रदेश २ ०३ ००४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा दुवै मोटरसाइकलका चालकको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा पर्साको धोबिनी गाउँपालिका ३ गुलरीयाका ३५ वर्षीय ललन पटेल र पर्साकै सखुवाप्रसौनी गाउँपालिका ५ एकडरवाका २९ वर्षीय हसिन्दर सहनीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिए ।
दुर्घटनामा धोबिनी गाउँपालिका ३ गुलरीयाका ३० वर्षीय रोजदिन मियाँ, सखुवाप्रसौनी गाउँपालिका ५ एकडरवाका रंजित महतो र सोही ठाउँका १९ वर्षीय सुपेन राउत गम्भिर घाइते भएका छन् । घाइते तिनै जनाको नारायणी अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
प्रहरी प्रवक्ता खनालका अनुसार तिव्र गतिमा दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
शब पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्ज लगिएको छ ।