सिरहा, २३ फागुन । नेपाली काँग्रेस सिरहाको १४ जिल्ला अधिवेशन विद्यालयको पठनपाठन ठप्पगरी भईरहेको छ । प्राविधिक तथा १० जोर २ को समेत गरी करिव दुई हजार विद्यार्थीको पठनपाठन अवरुद्ध पारेर गोलबजार नपा ४ को जनता माध्यमिक (प्राविधिक) विद्यालयमा नेपाली काँग्रेसको जिल्ला निर्वाचन भएको हो ।
विद्यालयले एक साता अधिनै निधन भएका एक छात्राको स्मृतिको नाममा विद्यालय बन्द गरेर नेपाली काग्रेसको निर्वाचन गर्न दिएको स्थानीयको आरोप रहेको छ । स्थानीयले यसरी निश्चित पार्टीको निर्वाचनको लागि विद्यालय प्रयोग हुनु विडम्वना भएको बताए । स्थानीयले विद्यार्थीको पठन पाठनमात्र हैन विद्यालयभित्र झन ठूलो राजनीति छिर्नेमा चिन्ता व्यक्ति गरे ।
विद्यालयका प्रधानाध्यापक भरत प्रसाद साहले विद्यालय बन्द भएकाले निर्वाचन गर्न दिइएको बताए ।
मतदान अझै जारी
समयमा सुरुहुन नसकेका कारण सिरहाको गोलबजारस्थित जनता माध्यमिक (प्राविधिक) विद्यालयमा भईरहेको निर्वाचन अझै जारी रहेको छ । विहान ८ बजेर सुरुगर्ने भनेको मतदान २ घण्टाभन्दा ढिलागरी सुरुभएकाले अझै मतदान नसकिएको बताइएको छ ।
कडा सुरक्षा विच जारी निर्वाचनमा अहिलेसम्ममा २ हजार मतदान भईसकेको वर्तमान सभापति तथा सभापतिका उम्मेदवार रामचन्द्र यादवले जानकारी दिए । उनले अहिले निर्वाचन जारी रहेको बताउँदै निर्वाचन केन्द्रमा उपस्थित सवै मतदाताले मत हाल्दासम्म मतदान जारी रहेने जनाए । नेपाली काँग्रेसको जम्मा २ हजार ६ सय ५० मतदाता रहेका छन् ।
एक सभापति, २–२ उपसभापति, सचिव, सहसचिव सहित ७५ पदको लागि एक सय ४७ जनाले उम्मेदवारी दिएका छन् ।
सिरहामा संस्थापन पक्षबाटै रामसुन्दर चौधरी र रामचन्द्र यादवको नेतृत्वको प्यानलले उम्मेद्वारी दिएका छन् ।
मदतान स्थलमा पस्न नदिएको भन्दै संचारकर्मीको धर्ना
नेपाली काँग्रेसको जारी १४ औं सिरहा जिल्ला अधिवेशनको मतदानस्थलमा समाचार सम्प्रेशनको लागि पस्न नदिएको भन्दै विरोध जनाएको छ । त्यहाँ उपस्थित संचारकर्मीहरुले समाचार संकलन तथा निर्वाचन अवलोकनकोलागि मतदानस्थलसम्म जान पाउनुपर्ने माग गर्दै सञ्चार सामाग्री राखेर धर्ना दिएका हुन् ।