सुधा देव

सप्तरी, १९ फागुन /मधेश प्रदेश सरकारले जनयुद्धमा ज्यान गुमाएका सहिद परिवारलाई नगदसहित सम्मान गरेको छ ।  बिहीबार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय र मधेशी सहिद प्रतिष्ठानले संयुक्त रुपमा जनयुद्धका १२ सहिद परिवारलाई एक/एक लाख रुपैयाँ नगदसहित सम्मान गरेको हो ।333

 मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले जनयुद्धका सहिद परिवारलाई तीन–तीन लाख रुपैयाँ सहयोग गर्ने प्रदेश सरकारको निर्णयअनुसार पहिलो चरणमा एक–एक लाख प्रदान गरेको जानकारी दिए।

मन्त्री यादवले दोस्रो चरणमा बाँकी रकम प्रदान गर्ने जानकारी गराए ।

जनयुद्धको क्रममा  मधेस प्रदेशमा ५ सय ४२ जनाले ज्यान गुमाएका थिए । ती सबै परिवारलाई पनि पालैपालो आर्थिक सहयोग प्रदान मन्त्री यादवको भनाई रहेको थियो । यसअघि मधेश प्रदेश  सरकारले आन्दोलनका सहिद परिवार र घाइतेहरूलाई आर्थिक सहयोग थिए । pk-farnichar GBR