सिरहा, १९ फागुन । नेपाली कांग्रेस जिल्ला कार्य समिति सिरहाको भोली हुने भनेको जिल्ला निर्वाचन स्थान विवादका कारण अन्यौलमा परेको छ । केन्द्रीय कार्य समितिले फागुन २० गतेको लागि अधिवेशनको मिति तय गरेको भएपनि स्थान विवादका कारण अन्यौल देखिएको हो ।
वर्तमान सभापति तथा सभापतिका उम्मेद्वार रामचन्द्र यादव पक्षले गोलबजार र सभापतिका अर्का उम्मेदवर रामसुन्दर चौधरी पक्षले सिरहा सदरमुकाममा चुनाव हुनुपर्ने अडान राखेपछि विषयमा विवाद सुरु भएको बताइन्छ ।
सदरमुकाममै वडा, पालिका, प्रदेश र क्षेत्रीय समितिको अधिवेशनसम्म भएकोले यहि हुनुपर्ने उनीहरुको चौधरी पक्षको दावी रहेको छ । उनीहरुले सवै निर्वाचन कार्यक्रम सदरमुकाम सिरहाको जिल्ला समन्वय समितिको गेष्ट हाउसमा निर्वाचन कार्यालय राखेर सम्पन्न भयो यो पनि त्यही हुनुपर्ने उनीहरुको भनाई छ ।
महाधिवेशनसम्ममा जिल्ला अधिवेशन सम्पन्न हुन नसकेपछि पटक पटक म्याद थप्दै आएको भएपनि यो सयम पनी अन्यौल बनेको छ । भोलीको लागि तोकिएको जिल्ला अधिवेशन गराउन आएका अधिकृत संजिव लामा निर्वाचन गराउन तोकिएको कार्यालय नपुगेको कुनै प्रक्रिया सुरु नगरेको चौधरी पक्षको आरोप रहेको छ ।
जिल्ला सभापति रामचन्द्र यादवका अनुसार जिल्ला कार्य समितिको निर्णय गरी गोलबजार निर्वाचन स्थल तय भएको छ । केही साथीले विमती जनाएपछि निर्वाचन प्रक्रियामा बाधा पुगेको बताए । ‘हामीले निर्वाचन अधिकृतलाई निर्वाचन गराउने जिम्मा सुम्एिका छौ,ु उनले भने,ु अब के हुन्छ हेरौँ ।’
यता निर्वाचन अधिकृत लामाले स्थान टुङ्गो नलागेकाले आफूले केही गर्न नसकेको बताए । उनले भने, ‘अझै स्थान टुङ्गिसकेको छैन, त्यही कुरा म केन्द्रिय कार्यालयमा लेखेर पठाउँदैछु, जे निर्देशन आउँछ त्यही अनुसार गर्ने हो ।’






















