सिरहा, ७ माघ । सिरहामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । सिरहाको लहान नगरपालिका १९ का ६२ वर्षीया महिलाको मृत्यु भएको हो ।
उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको जनाएको छ । प्रतिष्ठानका अनुसार माघ ५ गते उनलाई कोरोना पुष्टि भएको थियो ।