सिरहा २६ पुष । सिरहाको गुप्ता ब्रोदर्श अटोट्रेडमा अङ्गग्रेजी नँया वर्ष योजना लागु गरिएको छ । अङ्गग्रेजी नयाँ बर्ष २०२२ को शुभ अवसरमा बजाज कम्पनिले आफ्ना ग्राहककालागी आकर्षक अफरहरु ल्याएको छ ।
बजाज कम्पनिको नयाँ बाइक चढ्न चाहने ग्राहकहरुलाई लक्षित गरी बजाजले पुरानो बाइकको मूल्यलाई नै डाउन पेमेन्टको रूपमा लिएर बाइक एक्सचेन्जको सुविधा ल्याएको हो ।

जुनसुकै कम्पनीको मोटर साइकलको अधिक मूल्याङ्कन तथा शून्य प्रतिशत ब्याजदरमा फाइनान्सको सुविधा समेत रहेको सिरहाको गुप्ता ब्रोर्दश अटोट्रेड मिर्चैयाका सञ्चालक राजु गुप्ताले जनाएको छ ।

उनले भने ‘ सिरहाको मिर्चैया स्थितको गुप्ता ब्रोदर्श अटो ट्रेड,गोलबजारको माँ धमिनि अटो कन्सर्न , र स्नेहा अटो जोन सिरहाको बजाज शोरुममा यो योजना रहेको बताए । उनले थपे , सरल फाइनेन्सकालागी सवारी चालक अनुमति पत्र र नागरिकताको प्रतिलिपि मात्र चाहीने बताए । यो योजना यहीँ पुस ३० गते सम्म उपलब्ध रहेको र कम्पनिका सर्तहरु समेत लागु हुने जनाएको छ ।