सिरहा, १७ पुस । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नपा ६ दुर्गामन्दिर नजीक मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ भईरहेको स.७ प. १८५ नम्वरको मोटरसाइकल अनियन्त्रित भई पल्टिदा सिरहाकै कल्याणपुर नपा ११ का मोटरसाइकल चालक २५ वर्षिय सञ्जय साहको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भिर घाईते भएका साहको गोलबजारस्थित भूमिजा अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारको लागि लहानतर्फ लाँदै गर्दा माटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सन्तोष राईले जानकारी दिए । मोटरसाइकलको पछाडी सवार सोही ठाउँका २६ वर्षिय ललित साह घाइते भएका छन् ।
उनको गोलबजारमा उपचार भईरहेको छ । शव पोष्टमार्टमको लागि रामकुमार माप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ ।