फाईल फोटो ।
काठमाडौं, २६ मंसिर । नेकपा एमालेको आज वसेको बैठकले पार्टीका सात वटै प्रदेशका इन्चार्ज तोकेको छ । बैठकले प्रदेश १ को देवराज घिमिरे, २ मा रघुवीर महासेठ, बागमतीमा काशीनाथ अधिकारी लाई इन्चार्ज तोकेका छन् ।
यस्तै गण्डकीको इन्चार्जमा पद्मा अर्याल, लुम्बिनीमा छविलाल विश्वकर्मा, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिम प्रदेशको इन्चार्जमा लेखराज भट्ट तोकिएका छन् ।























