साङ्केतिक फोटो ।

 सर्लाही, २६ मंसिर । सर्लाही प्रहरीले १ सय ६८ किलो प्रतिवन्धित लागूऔषध गाँजा बेवारिसे अवस्थामा बरामद गरेकोे छ । सदरमुकाम मलगंवा नगरपालिका ८ शान्ति टोलमा वेवारिसे अवस्थामा रहेको ६ पोकामा गाँजा फेला परेको हो ।
सशस्त्र प्रहरी बल नेपाल बिओपी मलंगवाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले शनिबार राति ११ बजेतिर बेवारिसे अवस्थामा राखिएको अवस्थामा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।
गाँजा कसले किन त्यसरी फालेको भन्ने सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

pk-farnichar GBR