सुरेश राय

सिरहा, २१ कात्तिक । सिरहा, २१ कात्तिक । मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवले निश्चित राजनितिक दलको चाहानापुरा गर्ने र मलाई बदनाम गर्ने नियतसहित विभिन्न सञ्चार माध्यमहरुमा भ्रामक समाचार सम्प्रेशन भएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । अदालतले नगरपालिकाको नाममा जारी गरेको विषयलाई व्यक्तिमा जोडेर बदनियत पूर्वक दलिय प्रभावमा समाचार लेखिएको बताए ।
मेयर यादवले अदालतबाट जारी भएको पक्राउपूर्जि सञ्चारमाध्यमसम्म पुगेको प्रति पनि खेद व्यक्त गरे । उनले हामीले गरेका कामबाट औडाहा भएकाहरुले नियोजित ढङ्गले बदनाम गर्ने गरी सञ्चार माध्यम पनिप्रयोग गरेको आरोप लगाए ।
मेयर यादवले विपक्षिदलले सानो घटनालाई उछाल्नु, घटनालाई बङ्याएर सत्तामा सत्ताधारीको विरोधगर्नु राजनीतिमा सामान्यविषय विषय भएको बताए । दलहरुले लगाएको आरोप र वहकावमा विषय नबुझि, विषयको गम्भिर अध्ययननगरी निश्चित राजनीतिक स्वार्थशिद्धगर्ने कार्यमा सञ्चारमाध्यम प्रयोग भएको प्रति दुख व्यक्त गरे ।
उनले घटनाबारे जानकारी दिंदै गत २०७६ चैत्र २४ गते मिर्चैया नगरपालिका वडा नं २ मलहनियाँखोरी वडा कार्यालयमा कोरोना भाइरस महामारीमा गरीव, दलीत, विपन्न र वेरोजगार नागरिकलाई नगरपालिकाबाट जनप्रतिनिधि तथा कर्मचारीसहितको टोलीले राहत वितरणको क्रममा जनप्रतिनिधि तथा कर्मचारीमाथि स्थानीय उच्छृङ्खल गतीविधिमा लागेका समुहबाट हुलहुज्जत र ढुङगामुडा समेत प्रहारगर्ने कार्य भयो । सो कार्यको स्थानीयजनताहरुले प्रतिकार गर्दा निजहरु भागने क्रममा लडदा केहीव्यक्तिकोहात–खुट्टा लगायतमाचोट पटक लाग्नपुगेको थियो । सोही विषयलाई राजनीतिक रङ्गदिएर वडा अध्यक्ष, नगर प्रमुखलगायतलाई विपक्षीवनाई ज्यानमार्ने मुदामादर्ता गराएको थियो ।
त्यहि विषयमा नगरपालिकासहितलाई लगाएको मुद्दालाई नितान्त व्यक्तिगत जस्तो देखाएर आफ्नो चरित्र हत्यागर्ने प्रयास गरेको बताए ।
pk-farnichar GBR