जनकपुर, २१ मंसिर । रामजानकी विवाहपञ्चमी महोत्सवअन्तर्गत मंगलबार मटकोर कार्यक्रम सम्पन्न भएको छ । मंगलबार दिउँसो जानकी मन्दिरबाट बाजागाजासहितका टोली धार्मिक तथा पौराणिक महत्त्वको गंगासागर पोखरीमा पुगेर मटकोर कार्यक्रम गरेको हो ।laxmi lugadhune sabun

नेपाली सेनाको ब्याण्डबाजा तथा स्थानीय जयनुल व्याण्डपार्टीका कालाकारहरूले बजाउने बाजागाजाको धुनमा रमाउँदै हजारौंको संख्यामा श्रद्धालुभक्तजन मटोरमा सहभागी भएका थिए । 

मिथिलामा विवाह पूर्व बेहुला र बेहुलीलाई मटकोर गर्ने चलन रहेको छ । सोही चलन अनुसार जानकी मन्दिरका छोटा महन्त रोशन दासको नेतृत्वमा मटकोर सम्पन्न भएको छ । 

मटकोरको क्रममा गंगासागरको पोखरीबाट माटोलाई विवाहको लागि मण्डव तयार गरिने चलन रहेको छ ।  मटकोरको क्रममा सेभ हिस्टोरिकल जनकपुरधामले दैनिक साँझ आयोजना गरिने गंगा आरतीको दिउँसै गरेको थियो । 

सप्ताहव्यापी कार्यक्रम विवाह पञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौंथौं दिन तिलकोत्सव र पाँचौँ दिन मटकोर विधि सम्पन्न भएको छ । भोलि छैंटौं दिन स्वयंवर राति वैवाहिक कार्यक्रम र अन्तिम दिन बिहीबार रामकलेवा गरी महोत्सव सम्पन्न हुनेछ ।pk-farnichar GBR