वीरगञ्ज, २१ मंसिर । पण्डित तथा पुरोहितहरुले विवाहको लगन हेर्दा सुरुमा केटाकेटीको उमेर यकिन गरेर मात्रै मिती तोक्ने प्रतिबद्धता जनाएका छन् । बालविवाहको अन्त्यकालागि पर्साको पोखरिया नगरपालिकामा आयोजित बालविवाह तथा दाईजो प्रथा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा पण्डित तथा पुरोहितहरुले उमेर यकिन गरेर मात्रै विवाहको लगन हेर्ने प्रतिबद्धता जनाएकाहुन् ।laxmi lugadhune sabun

महिला हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालनको क्रममा एक्सन एड नेपाल र दिब्य यूवा क्लब पर्साद्वारा आयोजित बाल बिवाह तथा दाईजो प्रथा अन्त्यका लागि धर्मगुरु तथा सरोकारवालाबिचको अन्तरक्रिया कार्यक्रममा कानुनको अगाडी सामाजिक मूल्यमान्यता हाबीभएको बताएकाथिए । धर्म तथा संस्कृतिसँग जोडिएको बिबाहमा उमेर नपुगेको भएपनि उजुरी दिने आँट कसैले नगर्ने सामाजिक मनसायको अन्तय गर्नुपर्नेमा सहभागीहरुले जोड दिएका थिए ।

पोखरिया नगरपालिकाका नगरप्रमुख दिपनारायण रौनियारले समाजमा भएका बिकृति तथा विसंगतीको अन्त्यका लागि नगरपालिकाले सचेतनामुलक कार्यक्रमलाई प्राथमिकतामा राखेको बताए । कुनै व्यक्ति र संस्थाको एकल प्रयासबाट परिवर्तन सम्भव ननहुने भएकाले सबैले हातेमालो गर्दै मानसिकता बदल्नुपर्ने नगरप्रमुख रौनियारको सुझाव छ ।

त्यसैगरी दिब्य युवा क्लबका अध्यक्ष देवनाथ ठाकुरले चेतनास्तरको विकास नहुँदासम्म अन्य विकासको कुनै अर्थ नहुने बताए । अभिभावकहरु सचेत नभएसम्म बालविवाह अन्तयनहुने ठाकुरको भनाई छ ।pk-farnichar GBR