गमक पोष्ट समाचारदाता / वीरगञ्ज, २४ भदौ । वीरगञ्जलाई सफा, सुन्र र व्यवस्थित बनाउन अभियानताहरु फेरी तातिएका छन् । मौसम अनुसार कहिले तातिने र कहिले सेलाउने अभियान्ताहरु सहित रोकारवाला बिच बिहिवार जिल्ला प्रहरी कार्यालय पर्सामा छलफल गरी व्यवस्थित विरगञ्ज बनाउन अभियन्ताहरु फेरी तातेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णय बमोजिम वीरगञ्जको घण्टा घरदेखि बस पार्कसम्मको सडक अतिक्रमण हटाइने सामुदायिक सेवा केन्द्र मिनाबजारका अध्यक्ष बिदुर गुप्ताले जानकारी दिए ।
सडक अतिक्रमण गरी राखिएका विभिन्न निर्माण तथा अन्य सामाग्री समेत नियन्त्रणमा लिई खाली गराउनुका र जरिवाना समेत लिने निर्णय भएको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक सेवा केन्द्र मुर्लीका अध्यक्ष राम सर्राफले जानकारी दिए ।
वीरगञ्ज शहरलाई व्यवस्थित गराउन विभिन्न अभियानहरु बेला बेला सञ्चालन हुनेगरेपनि निरन्तरता पाउन नसकेको स्थानियहरु बताउँछन् । वैठकले गरेको निर्णय कार्यन्वयनहुने हो भने वीरगञ्जलाई व्यवस्थित बनाउन धेरै समय नलाग्ने विश्लेषकहरु बताउँछन् ।
बैठकले छाडा पशु चौपायलाई पनि नियन्त्रणमा लिने निर्णय गरेको वताइएको छ । तर, यसले निरन्तरता पाउनेमा भने आशंका उत्पन्न भएको छ ।
सडकसँगै फुटपाथलाई पनि प्रयोग गर्ने परिपाटीले पैदल यात्रुहरु सडकमा हिँड्न बाध्य छन् । वीरगञ्जका लागि मुख्य चुनौती छाडा पशु, अनियन्त्रित फूठपात पसल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक सुमन कार्की बताए । ट्राफिक व्यवस्थापन, छाडा चौपाय नियन्त्रण, सडक अतिक्रमण र फोहोरको व्यवस्थापनमात्रै गर्न सके वीरगञ्जलाई सुन्दर र व्यवस्थित बनाउन सकिने सरोकारबाला बताउँछन् ।