• सुरेश राय

सिरहा, २४ भदौ । अनेरास्ववियु क्रान्तिकारीको प्रथम बडियारपट्टी गाउँ पालिका सम्मेलन आज विहिवार सम्पन्न भएको छ । सम्मेलनले रामरिझ्न यादबको अध्यक्षतामा सर्वसम्मत २९ सदस्य गाउँ समिति गठन गरेकाछ । समितिको उपा–अध्यक्ष नितु यादब, सचिब पर्लाद यादब चयन भएका छन् ।
सम्मेलनमा अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष भोला यादब, रामपुकार यादब, पारस यादब लगायत बरियारपटिका युबा नेताहरुले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।