सिरहा, २४ भदौ । सिरहाको कल्याणपुर नगरपालिका १ का वडा अध्यक्ष अशोक मण्डलले हरेक विकास निर्माणको कार्यामा सक्रिय सहभागिता जनाउन उपभोक्ताहरुलाई अनुरोध गरेका छन् । आफ्नै वडाको पर्साही बजारमा आयोजित वार्ड कार्यालयबाट हुने सेवा प्रवाह सम्वन्धि सार्वजनिक सुनवाई कार्याक्रममा विकास निर्माण हाम्रै लागि भएकाले हरेक काममा साँथ दिन स्थानीय उपभोक्तासँग अनुरोध गरेका हुन् ।

received_368931591487493
वडा, नगरपालिका, प्रदेश वा संघ सरकार जुनसुकै सरकारले दिएको भएपनि विकास निर्माणकार्यको लागि स्थानीय उपभोक्ताको निगरानी जरुरी भएको बताए । उनले हाम्रो समाजमा अहिलेपनि उपभोक्ता होस् वा ठेकेदार जसरी भएपनि कम खर्चमा काम सम्पन्न गराउने चाहाना राख्ने गरेको बताए ।
गुणस्तरीय काम, योजनाको अनुसारको काम, डिजाइर्न इस्टिमेट अनुसारको काम भयो भएन भन्ने प्रत्येक उपभोक्ताको अधिकार रहेकोले त्यसको लागि उपभोक्ताहरु पनि रहने पर्ने वडा अध्यक्ष मण्डलले अनुरोध गरे । उनले अनुगमन गर्दा आवशयक पर्ने कागजातहरु सवै उपभोक्तालाई उपलब्ध गराउन आफू तयार भएको बताए ।
सार्वजनिक सुनवाईको क्रममा अध्यक्ष मण्डलले आफू बहालि भएदेखि गरेका कामहरुको विषयमा सर्वसाधारणलाई जानकारी गराएका थिए । सो क्रममा वडाअध्यक्ष मण्डलले गरेका सडक ढलान, स्तरोन्नती, खानेपानी तथा सिञ्चाईको लागि वोर्डिङ जडान, कलभर्ट निर्माण, विद्यालयका भनव निर्माण, नहरको साइफन निर्माण, अधुरोध मदर्सा निर्माण, दलित महिलाहरुको क्षमता अभिवृद्धि गर्ने कार्य, वृक्ष रोपन र सरसफाईसम्मको क्षेत्रमा काम गरेको फेहरिस्त सुनाए ।
उनले कामको दौरानमा कसैलाई काखापाखा नगरेको भन्दै जनताकै चाहाना र माँग अनुसार काम गरेको जिकिर गरे ।
स्थानीय उपभोक्ताले भने वार्डअध्यक्षले आफ्ना नजिकका र कार्यकर्ताहरुलाईमात्र उपभोक्ता समितिमा राख्ने गरेको आरोप लगाएका थिए । उनीहरुले कृषि, स्वास्य र शिक्षामा पनि जाड दिन अनुरोध गरे ।
स्थानीय पारसनाथ सामुदायिक विकास केन्द्रका अध्यक्ष रामदुलार मण्डलले यहाँका किसानहरुले जहिलेपनि मल र विउको लागि समस्या झेल्दै आउनु परेको भन्दै यसलाई व्यवस्थित गर्न ध्यानाकर्षण गराएका थिए ।
स्थानीय सीयालाल मण्डल, नरेन्द्र झा, मिथिलेश प्रसाद साहले उपभोक्ता समिति गठन पारदर्सि नभएको भन्दै पारदर्सी बनाउन माँग गरे ।
सोही क्रममा पानो देवि सदाले बाल पोषणभत्ता उपलब्ध नहुनुको कारणबारे जिज्ञासा राखेका थिए ।
कल्याणपुर नगरपालिका वार्ड नम्वर ३ को आयोजना मुक्ती नेपाल गोलबजार र लक्ष्मी सामुदायिक विकास केन्द्रको सहजीकरणमा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नगरपालिकाका १२ नम्वर वडाका वडा अध्यक्ष दिलिप साह, मुक्ति नेपालका कार्यकारी निर्देशक श्यामकुमारी साह, नगरपालिकाका कृषि, पशु, शिक्षा तथा स्वास्थ्य शाखाका प्रमुखहरुको उपस्थिति रहेको थियो । उनीहरुले आ(आफ्ना विषयमा उठकेका सवाल तथा जिज्ञासाहरुको जवाफ दिएका थिए ।