सिरहा २४ भदौ । हाल विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथामका लागी बैँक अफ काठमाडौंद्वारा स्वास्थ्य सामग्री वितरण गरिएको छ । बैँक अफ काठमाडौं मिर्चैया शाखाले मिर्चैया नगरपालिका ७ स्थित प्राथमिक उपचार केन्द्रमा अग्रमोर्चामा रहेर काम गर्ने स्वास्थ्यकर्मिहरुको लागी स्वास्थ्य सामग्री वितरण गरेको हो ।

IMG-20210908-WA0002
कोरोना भाइरस रोकथाम अभियानमा सहयोग पुग्ने र बैँक अफ काठमाडौं लिमिटेडले आफनो संस्थागत समाजिक उत्तरदायित्व पनि पुरागर्न स्वास्थ्य सामग्री वितरण गरेको बैँक अफ काठमाडौं मिर्चैया शाखा प्रमुख बिरेन्द्र कुमार मंडलले जनाए ।

बैँकले प्राथमिक उपचार केन्द्र मिर्चैयालाई ५० थान पीपीई,२० लिटर सेनिटाइजर , ५० प्याकेट सर्जिकल मास्क र सर्जिकल ग्लोवस ५० प्याकेट सहितका स्वास्थ्य सामग्री वितरण गरिएको जनकपुर शाखा प्रमुख संजय मिश्रले जनाएको छ ।