गमक पोष्ट समाचारदाता / लहान, २४ भदौ । सिरहाको लहानमा मोटरसाइकलको ठक्करबाठ एक वृद्धाको मृत्यु भएको छ । प्रदेश २–०१–००१ प २८४९ नम्वरको मोटरसाइकलले ठक्करदिंदा लहान नगरपालिका १८ अमहिका ७० वषिय वुजरी महतोको मृत्यु भएको हो ।
मोटरसाइकलको टक्करबाट गम्भिर घाइते महतोलाई उपचारको लागि लहान ल्याउँदै गर्दा बाटोमै मृत्युभएको प्रहरीले जनाएको छ । अत्यधिक मादक पदार्थ सेवनगरी मोटरसाकल चलाएका कारण दुर्घटनाभएको स्थानीयले जनाएको छ । मोटरसाइकल र चालक स्थानियले लहान प्रहरीको जिम्मा लगाएको छ । घटनाबारे आवश्यक अनुसन्धान भईरहेका प्रहरीले जनाएको छ ।






















