गमक पोष्ट समाचारदाता / सिरहा, २३ असार । सिरहा प्रहरीले नौ लाखभन्दा बढी मूल्यको अबैध चाँदीको गहना सहित २ जनालाई नियन्त्रणमा लिएको छ । अस्थाई प्रहरी चौकी भगवानपुर १ बाट खटिएको प्रहरी टोलीले ९ लाख १६ हजार ३ सय मूल्यबरारको चाँदीका गहना सहित झापा दमक नपा ३ का २८ वर्षिय मन प्रसाद गदाईली र गोलबजार नपा ३ का २७ वर्षिय श्याम विकलाई नियन्त्रणमा लिएको हो ।
प्र.२–००४४ प १३२१ नम्वरको मोटरसाइलकमा सवार उनीहरुको साथबाट चेक जाँचको क्रम सो मूल्य बरारको चाँदीको विभिन्न गहना बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । बरामद गहना आश्यक कार्वाहीको लागी भन्सार कार्यालय ठाडी सिरहामा पठाईएको प्रहरील्े जनाएको छ ।






















