गमक पोष्ट समाचारदाता / लहान, २३, जेष्ठ । सिराहाको लाहानमा पोखरीमा डुवेर एक बालिकाको मृत्यु भएको छ । लहान नपा १५ बीरनगरका बमभोली दासकी ५ वर्षिय छोरी कृतिकाको घर नजीकैको पोखरीमा डुवेर मृत्यु भएको हो ।
बुवा–आमा खेतीपातीमा ब्यस्त भएको बेला उक्त घटना भएको बताइएको छ । पोखरी छेउमा खेल्दै गरेको बेला गाउँकै जगदीश चौधरीको पोखरीका डुवेको हुन सक्ने प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय लाहानका प्रमुख डिएसपी डा. तपन दाहालले जनाएको छ । मृतक बालिकाको शव पोस्ट्मार्टमका निम्ति रामकुमार उमाशंकर अस्पताल लहानमा ल्याईएको छ ।