गमक पोष्ट समाचारदाता / सिरहा, २३ जेष्ठ । सिरहामा विद्युतिय करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । नयाँ घरमा रहेको विद्युतिय बोर्ड मर्मत गर्ने क्रममा करेन्ट लागेर गोलबजार नपा ६ का ३३ वर्षिय अजय साहको मृत्यु भएको हो ।
दुईदिन अघिमात्र नयाँ घरमा बसेका साहले विद्युतको वोर्ड मिलाउने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्युभएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सन्तोष राईले जानकारी दिए । उनले घटनाबारे अनुसन्धान भईरहेको बताएको छ ।






















